Sonntag, 13. Februar 2011

शिथिल बजार


"देशको राजनीतिमा सुधार र बैँकको ब्याजदर नघटेसम्म सेयर बजारको हविगत यस्तै हो," यो तीतो टिप्पणी नेपालको सेयर बजारमा लगानी गर्ने करबि १५ लाखमध्येका एक बृहत्तम श्रेष्ठको हो। मुलुकको समग्र आर्थिक गतिविधि र विकासको महत्त्वपूर्ण परसिूचकका रूपमा लिइने सेयर बजारमा छाएको मन्दीका कारण अधिकांश लगानीकर्ता श्रेष्ठकै जस्तो धारणा पाल्न बाध्य छन्। सेयर बजारलाई मुलुकको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि आवश्यक पुँजीको जोहो गर्ने महत्त्वपूर्ण थलोको रूपमा लिने गरन्िछ।
भदौ २०६५ को सबैभन्दा उच्चतम विन्दु ११७५ लाई आधार मान्दा अहिले सेयरबजार करबि ६० प्रतिशतले घटेको देखिन्छ। अहिले सेयर बजार परसिूचक ४०० विन्दुको आसपासमा रहेको छ भने बजार पुँजीकरण पनि पाँच खर्बबाट साढे तीन खर्ब रुपियाँमा झरेको छ। तर, सेयर बजारका जानकारहरू भदौ ०६५ को उच्चतम विन्दु आफँैमा कृत्रिम रहेको र त्यसलाई आधार बनाएर अहिलेको अवस्थालाई मूल्यांकन गर्नु गलत हुने दाबी गर्छन्।

भदौ ०६५ यताको अवधिमा बजारमा सेयरको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। त्यतिबेला स्टक एक्सचेन्जमा सूचीकृत सेयर संख्या ४८ करोड ४५ लाख कित्ता रहेकामा मंसिर ०६७ मा आइपुग्दा करबि शतप्रतिशत बढेर ९१ करोड ३ लाख ५४ हजार पुगेको छ। त्यस हिसाबले भदौ ०६५ मा एउटा सेयर हुनेको सामान्यतः अहिले दुईवटा सेयर भइसकेको अवस्था छ। त्यसैले तरल राजनीतिक अवस्था, धर्मराउँदो अर्थतन्त्र र सेयरको यतिविघ्न आपूर्तिलाई दृष्टिगत गर्दा परसिूचक आधाले घटेर ४०० देखि ५०० बीचको अंकमा आइपुग्नु अस्वाभाविक देखिँदैन। अर्कोतर्फ, बर्सेनि तरलता अभाव खेप्न बाध्य वित्तीय क्षेत्रले निक्षेपमा आकर्षक ब्याजदर बढाउँदै लगेका कारण प्रतिफलका हिसाबले पनि सेयरबजारको आकर्षण क्रमशः घट्दो छ।

त्यसो त हालको लगानी र बजारको परपिक्वता दुवै दृष्टिले अहिलेको अवस्थालाई अवसरका रूपमा चित्रण गर्नेहरूको पनि कमी छैन। निराशाबीच त्यस्तै सम्भावनाका किरणहरू देखेका छन्, सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले। भन्छन्, "अहिलेको अवस्था भनेको बजारसँगै नियमन निकाय र स्टक एक्सचेन्ज सच्चिने र चुस्त हुने अवसर पनि हो।" यस अवसरलाई सदुपयोग गर्न सके बजार उक्लिन बेर नलाग्ने भट्टराईको दाबी छ।

सेयर बजार निरन्तर ओरालो लाग्दै जाँदा एकाएक कोकोहोलो मच्चिने गरे पनि नियमनकारी निकायदेखि दलाल र लगानीकर्तासम्मले यस्तो अवस्था किन आयो र भविष्यमा कसरी दोहोरनि नदिनेजस्ता प्रश्नको जवाफ खोज्न भने त्यति चासो देखाउने गरेका छैनन्। जसका कारण केही वर्षको अन्तरालमै सेयर बजारले यस्तो हविगत बेहोर्नु पर्दा बजारमा नयाँ लगानीकर्ता भित्रिने सम्भावना क्रमशः क्षीण हुँदै गएको छ। साथै, संस्थागत लगानीकर्ताका लागि अनुकूल नीति र माहोल पनि बन्न सकेको छैन।

सेयर बजारको पछिल्लो अवस्थाको प्रमुख कारक मुलुकको राजनीति र त्यसबाट आक्रान्त सम्पूर्ण अर्थव्यवस्था भए पनि कमजोर पूर्वाधार र प्रविधि पनि त्यसका लागि मुख्य जिम्मेवार देखिन्छन्। स्थापनाको १८औँ वर्षमा प्रवेश गरेको स्टक एक्सचेन्जको हालको पूर्वाधार र प्रविधिलाई समयमै अद्यावधिक नगर्ने हो भने अहिलेको भन्दा पनि संकटपूर्ण अवस्था आउनसक्ने ठोकुवा गर्छन्, सेयरबजारका जानकारहरू। सेयर दलाल संघका अध्यक्ष नन्दकिशोर मुण्डा भन्छन्, "स्टक एक्सचेन्जको पूर्वाधार नै अति कमजोर भयो। १७ वर्षअघि -०५०) जे थियो त्यही छ, तात्त्विक भिन्नता छैन। एउटा कम्प्युटरबाटै १९३ कम्पनीको काम गर्नुपर्ने अवस्था छ।"

कारोबारमा हुने ढिलाइ र सेयर बजारको स्िथति देखेर विदेशबाट फर्किएका लगानीकर्ता निराश हुनुपर्ने अवस्था छ। कतिसम्म भने प्रमाणपत्रकै लागि करबि एक महिना कुर्नैपर्ने बाध्यता छ, जसका कारण आफ्नो लगानीमा समेत नाफा र घाटाको प्रक्षेपण गर्न असमर्थ छन् लगानीकर्ता। विश्लेषक भट्टराई भन्छन्, "नेपालको सेयर बजार व्यापारकि प्रकृतिको -ट्रेडिङ् स्टक एक्सचेन्ज) हुनुपर्नेमा लगानी -इन्भेस्टमेन्ट) गर्ने ठाउँ मात्र भएको छ, एकपल्ट लगानी गर्‍यो अनि वर्षौं कुर्‍यो प्रतिफलका लागि।" यस्तो अवस्थामा सुविधाका जस्तोसुकै ढोका खोलिदिए पनि विदेशका आधुनिक र सुविधासम्पन्न पुँजी बजारसँग साक्षात्कार भइसकेका नेपालीहरू आकषिर्त हुने सम्भावना अत्यन्त कम छ।

सेयरबजारको गिर्दो साख र लगानीकर्ताको निराशालाई लक्षित गर्दै पछिल्लो समय जोखिम न्यूनीकरण र विस्तारमा केही पहलहरू नभएका भने होइनन्। काठमाडौँबाहिरका छ सहरहरूबाट समेत सेयर करोबार सुरु भइसकेको छ। यो विस्तारले सेयर बजारमा राजधानीबाहिरका लगानीकर्ताहरूको पहुँच क्रमशः बढाउँदै लगे पनि अपेक्षित नतिजा हासिल हुन नसकेको सम्बन्धित अधिकारीहरू स्वीकार्छन्। स्टक एक्सचेन्जमा आगामी केही महिनाभित्र जडान गरनिे केन्द्रीय निक्षेप प्रणाली -सेन्ट्रल डिपोजिट सिस्टम अर्थात् सीडीएस)ले सेयरको हिसाबकिताब मिलानका साथै नामसारी सहज बन्न गई कारोबारलाई छरतिो बनाउने अपेक्षा गरएिको छ। कारोबार छरतिो बन्दा 'भोलिसम्मका लागि जोखिम मोलौँ' भन्ने लगानीकर्ताका लागि बजार सहज बन्नेछ। नेपाल स्टक एक्सचेन्ज -नेप्से) र नेपाल धितोपत्र बोर्ड -सेबोन)का पदाधिकारीहरू मात्र नभई सेयर दलालहरूसमेत सीडीएस प्रणालीले सेयर बजारमा सकारात्मक प्रभाव पार्नेमा आशावादी देखिन्छन्।

यद्यपि, अनलाइन अन्तरबैँकिङ् कारोबारको व्यवस्थाबिना सीडीएस जडान हुँदैमा सेयर बजारकै कायापलट हुन्छ भन्नु हावादारी बताउँछन् अध्यक्ष मुण्डा। अनलाइन भुक्तानीको व्यवस्था नहुँदा भुक्तानीका लागि बैँकमा लाइन लाग्नुपर्ने र लगानीकर्ता दलालकहाँ जानैपर्ने बाध्यता कायम रहने हुँदा कारोवारमा खासै तीव्रता नआउने मुण्डाको ठहर छ। भन्छन्, "उपभोग्य वस्तुको बजारमा जस्तो घरमै बसेर क्षणभरमै किन्ने र बेच्ने सुविधा नभएसम्म नयाँ लगानीकर्ता आकषिर्त हुनेवाला छैनन्।" नेप्सेका अध्यक्ष टंकप्रसाद पनेरु भने सीडीएस जडानपछि बजारमा चहलपहल स्वतः बढ्ने दाबी गर्छन् । तर, विश्लेषक भट्टराई भन्छन्, "मुलुकका समग्र आर्थिक परसिूचकहरू सकारात्मक र आशलाग्दो नभएसम्म प्रविधिले मात्र सेयर बजार उकालो लाग्नेवाला छैन।"

क्षेत्रगत हिसाबले बजारको अपेक्षाकृत विविधीकरण नहुँदा पनि लगानीकर्ताहरूको सेयर बजारप्रति खासै आकर्षण देखिँदैन। हाल सूचीकृत कम्पनीहरूमध्ये प्रायः सबै वित्तीय क्षेत्रसँग सम्बन्धित छन्। उत्पादनमूलक कम्पनीहरूको उपस्िथति नगन्य नै छ। जसका कारण वित्तीय कम्पनीहरूको भरमा मात्र टिकेको सेयर बजार दिगो हुँदैन भन्ने तर्कको पुष्टीकरण हुने सम्भावना बढ्दै गएको छ। सेयर विश्लेषक भट्टराई त नेपालको सेयर बजार तासको घरजस्तै भएको र जुनसुकै बेला धराशयी हुनसक्नेसम्मको तर्क गर्छन्।

हुनतः मुलुकको राजनीतिले निश्चित बाटो नलिँदासम्म वैदेशिक लगानी प्रवेश र उत्पादनमूलक क्षेत्रको विकास पनि सम्भव देखिँदैन। नेपालको आर्थिक विकासका लागि अपरहिार्य क्षेत्रका रूपमा चित्रण गरँिदै आएको जलविद्युत् क्षेत्रले गति लिने हो र जलविद्युत्सम्बन्धी कम्पनीहरूको पुँजी बजारमा प्रवेश सहज बनाइदिने हो भने सेयर बजारका लागि सुखद हुनसक्ने विश्लेषकहरू बताउँछन्। क्षेत्रगत हिसाबले सेयर बजारको विविधीकरण हुन नसकेको भन्ने तर्कसँग एक्सचेन्जका अध्यक्ष पनेरु पनि सहमत देखिन्छन्। भन्छन्, "यो आशंका हटाउन पनि सरकारले जलविद्युत्, दूरसञ्चार र अन्य उत्पादकमूलक क्षेत्रलाई पुँजीबजारमा प्रवेश गराउन बिमा र बैँकिङ् क्षेत्रलाई जस्तै बाध्यकारी व्यवस्था गर्न सकिन्छ।" बिमा र वाणिज्य बैँकहरूले सञ्चालन अनुमति पाएको दुई वर्षभित्र सर्वसाधारणका लागि साधारण सेयर जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरएिको छ। तर, विविधीकरणका नाममा अनियन्त्रित, अपारदर्शी र अस्वस्थ कम्पनीहरूको प्रवेश थप जोखिमपूर्ण हुनेतर्फ सचेत रहनु आवश्यक हुने विश्लेषकहरूको भनाइ छ।

सेयर बजारको प्रकृति, कमी-कमजोरी, गुण र दोषसँग अवगत नहुनाले पनि सेयर बजार केही ओरालो लाग्दैमा लगानीकर्ताहरू निराश हुने गरेको पाइन्छ। उनीहरूलाई सेयर बजारका सम्बन्धमा जानकारी दिने र सुसूचित गर्ने मुख्य अभिभारा सरकार, धितोपत्र बोर्ड र स्टक एक्सचेन्जको भए पनि त्यसतर्फ यी निकायहरू त्यति गम्भीर देखिँदैनन्। अर्थविद् चिरञ्जीवी नेपाल पुँजी बजारप्रति राज्यको ढुलमुले नीति र जिम्मेवार निकायहरूको अदूरदर्शितालाई सेयर बजारको पछिल्लो अवस्थाको कारक ठान्छन्। भन्छन्, "सरकारी पक्षबाटै सेयर बजारलाई उपेक्षित ढंगले हेरनिु र प्रचारप्रसार शून्यबराबर भएकै कारण यो अवस्था सिर्जना भएको हो।"

तर, ढिलै भए पनि विभिन्न कारणले पाँच वर्षसम्म पनि दाबी नगरएिका कारण संकलन हुन गएको नगद लाभांशको एकमुष्ठ रकम करबि पाँच करोड रुपियाँलाई लगानीकर्ता सुरक्षित कोषमार्फत प्रचारप्रसार र अन्य जानकारीमूलक कार्यक्रमका लागि खर्च गर्ने योजना नेप्सेले बनाएको बताउँछन् अध्यक्ष पनेरु। तर, विश्लेषकहरू यस्ता प्रचारमूलक कार्यक्रमले खासै प्रभाव नपार्ने दाबी गर्छन्। त्यसो त पुँजी बजारको प्रगति र अधोगति दुवैमा लगानीकर्ताको मनोविज्ञानलाई पनि अति महत्त्वका साथ हेरन्िछ। डुब्नै लागेको कम्पनीमा पनि लगानीकर्ताले भरोसा देखाएमा त्यो कम्पनी कुनै पनि बेला उक्सिन सक्छ। सेयर विश्लेषक भट्टराई भन्छन्, "लगानीकर्ताले विश्वास देखाए भने ढल्नै लागेका कम्पनीहरू पनि रातारात उँभो लाग्न सक्छन् र देखाएनन् भने सफल र सबल भनिएका कम्पनी पनि क्षणभरमै धराशयी हुन बेर लाग्दैन ।"
Source: http://www.ekantipur.com/nepal/article/?id=1932

Keine Kommentare:

Kommentar veröffentlichen