काठमाडौं, फागुन ८ (नागरिक)- गोरखा डेभलपमेन्ट ब्याङ्कको नयाँ सञ्चालक समितिले घोटाला भएको भनिएको झण्डै १३ करोड रुपियाँ घोटालामा संलग्न कार्यकारी तहदेखि कर्मचारीसमेतबाट असुल गर्ने बताएको छ। बचतकर्ता र सेयरधनीलाई निर्धक्क हुन पनि ब्याङ्कले आग्रह गरेको छ।
रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर नयाँ सञ्चालक समितिले घोटाला प्रकरणमा छानविन गर्न गठित समितिको प्रतिवेदनका आधारमा घटनामा संलग्नहरुको जायजेथाबाट असुल गरिने दाबी गर्यो। दोषीलाई उन्मुक्ति नदिने प्रतिबद्धता पनि त्यहाँ व्यक्त गरिएको थियो।
पत्रकार सम्मेलनमा ब्याङ्क सञ्चालक समितिका अध्यक्ष निर्मल गुरुङले घोटाला रकम उठाउन ब्याङ्कले सार्वजनिक सूचना प्रकाशित गरिसकेको जानकारी दिँदै दोषीहरुकै जायजेथाबाट असुल उपर गरिने भएकाले ब्याङ्कलाई कुनै नोक्सान नहुने स्पष्ट पारे।
उनले ऋणीलाई समेत कुनै प्रकारको अन्याय हुन नदिने भन्दै वित्तीय अपराधमा संलग्नलाई कुनै पनि हालमा उन्मुक्ति नदिने बताए। अध्यक्ष गुरुङले ब्याङ्कको वित्तीय अवस्था राम्रो भएको भन्दै सेयर धनी र बचतकर्तालाई निश्चिन्त रहनसमेत आग्रह गरे। ब्याङ्कको अवस्था एकदमै राम्रो छ, आत्तिनुपर्ने कुनै कारण छैन- उनको भनाइ थियो।
Montag, 21. Februar 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen