Dienstag, 22. Februar 2011

ब्याङ्कमै पैसा अभाव

फागुन १०- राष्ट्रिय वाणिज्य ब्याङ्क शाखा कार्यालय खोटाङमा केही दिनयता रकम अभाव भएका कारण ठूलो परिमाणको रकम भुक्तानी हुन छाडेको छ। जिल्लाबासीलाई वित्तीय सेवा पुर्‍याउँदै आएको एकमात्र सरकारी यो ब्याङ्कमा मागेबमोजिम केन्द्रबाट रकम नआएका कारण अभाव भएको ब्याङ्क कर्मचारी ज्ञानु आचार्यले बताइन्।

रकम अभाव भएका कारण ब्याङ्कले हाल २० हजार रूपियाँभन्दा बढी रकमको भुक्तानी दिन छाडेको छ। गत माघमै आएपछि तीन दिनअघि आउनुपर्ने रकम नआएका कारण अभाव भएको ब्याङ्कले जनाएको छ। रकम अभावमा सबभन्दा बढी गाविस सचिव, कर्मचारी र व्यापारीलाई समस्या परेको एक सचिवले बताए। पैसा अभावमा सामाजिक सुरक्षा भत्ताअन्तर्गत रकम दिन नपाएको सचिवहरुको गुनासो छ।

तीन दिनअघि नै आउनुपर्ने पैसा नआएपछि राजस्व सङ्कलनबाट उठेको रकमबाट जेनतेन भुक्तानी दिँदै आएको ब्याङ्कका म्यानेजर मुरारिप्रसाद दङ्गाललाई उद्धृत गर्दै आचार्यले बताइन्। 'दैनिक सवा करोडभन्दा बढी रकम भुक्तानी हुने गरेको थियो', आचार्यले भनिन्- पैसा नआएपछि ठूलो रकम भुक्तानी रोकेका छौं।

बुधबारसम्ममा लामिडाँडाबाट पैसा आउने सम्भावना रहेको उनले बताएकी छिन्।
महेश्वर चामलिङ राई, उदयपुर, http://news.nagariknews.com/economy/industries/23595-2011-02-22-09-46-54.html

Keine Kommentare:

Kommentar veröffentlichen