Dienstag, 8. Februar 2011

राजधानी इन्भेष्टमेन्ट फण्डका अध्यक्ष निर्मल प्रधानले गैरकानुनी रुपमा सामूहिक लगानी कोषका लागि रकम जम्मा नगरेको स्पस्टिकरण

१ लाख ५० हजारसम्म जरिवाना हुनसक्ने–
काठमाडौं, माघ १६ (नागरिक)-राजधानी इन्भेष्टमेन्ट फण्डका अध्यक्ष निर्मल प्रधानले गैरकानुनी रुपमा सामूहिक लगानी कोषका लागि रकम जम्मा नगरेको स्पस्टिकरण धितोपत्र बोर्डलाई स्पस्टिकरण बुझाएका छन्।


प्रधानले केही दिनअघि बोर्डमा पेश गरेको स्पष्टिकरणमा कम्पनीका १ सय ६५ जनासँग चुक्तापुँजी बराबरको रकम बाहेक अरुसँग पैसा नलिएको दावी गरेका छन्।

बोर्डले सामूहिक लगानी कोषका लागि सर्वसाधारणसँग रकम संकलन गरेको अभियोग लगाउँदै १५ दिने स्पष्टिकरण सोधेको थियो। प्रधानले जवाफमा संस्थापक लगानीकर्ताबाट २४ करोड ६८ लाख रुपैयाँ पुँजी संकलन गरेको जनाएका छन्। 'बैंक तथा वित्तीय संस्थाबाट २९ करोड ऋण लिएको विवरण पनि पेश गरेको छु' प्रधानले आइतबार नागरिकसँग भने। यो रकम छायाँदेवी कम्प्लेक्स, घरजग्गा, हाइड्रोपावर र सेयरमा लगानी छ।
सेयरधनीले राखेको र बैंकको कर्जा बाहेक अरु एक रुपैयाँ पनि सामूहिक लगानी कोषको अवधारणमा सर्वसाधारणसँग रकम नलिएको उनले बताए। 'सर्वसाधारणसँग रकम उठाएको प्रमाण पुगे १ सय गुणा बढि रकम फिर्ता गर्न र कानुन अनरुप जे सजायँ भोग्न तयार छु' प्रधानले भने।
तीन वर्षको अवधिमा कम्पनीले २ करोड संचित मुनाफा गरेको जाकारी उनले दिए।
बोर्डले कानुनी व्यवस्था वमोजिम सर्वसाधारणसँग फण्डले रकम संकलन गर्न नमिल्ने जनाउँदै स्पष्टिकरण सोधेको थियो। फण्डको वार्षिक प्रतिवेदन र साधारण सभाको माइन्युटमा सामूहिक लगानी कोषको अवधारणामा चल्ने उल्लेख छ। फण्डले १२ करोड ३२ लाखको साधारण सेयर निस्काशनका लागि बोर्डमा दिएको आवेदनमा समेत सामूहिक लगानी कोषको अवधारणा उल्लेख भएपछि स्पस्टिकरण सोधिएको थियो।


फण्डको २४ करोड ६८ लाखको चुक्तापुँजी साधारण सेयर बिक्री गरेपछि ३७ करोड पुग्नेछ। २०६६ भदौ मा सार्वजनिक दोस्रो वार्षिक प्रतिवेदन अनुसार संस्थापकको संख्या १ सय ७० पुगेको छ। साधारण सेयर निस्काशनका लागि कम्पनीका कर्मचारीलाई संस्थापकबाट हटाईएको थियो। सुरुमा कम्पनीका संस्थापक १८ थिए। फण्डको लगानी यहि अवधिमा ७० करोड पुगेको छ। यो मध्ये ६ करोड जग्गामा र ६४ करोड रुपैयाँ सेयरमा लगानी छ।

प्रधानले सर्वसाधारणसँग लगानीका लागि जथाभावी रकम संकलन गरेको बोर्डका अधिकारीहरुले जनाएका छन्। उनले १० प्रतिशत व्याजमा सर्वसाधारणसँग कर्जा उठाएको बताउँदै आएको बोर्डका अधिकारीले पाएका छन्। सेयरमा लगानीका लागि समेत उनले रकम आफ्नो कम्पनीमा रकम जम्मा गर्न अनुरोध गरेको ती अधिकारीले बताए। सामूहिक लगानी कोष बनाउने भन्दै सर्वसाधारण सँग रकम उठाएर प्रधानले सेयर किनिदिने गरेको बोर्डका अधिकारीहरुको अनुमान छ।

प्रधानको जवाफ चिक्तबुझ्दो नभएमा बोर्डले १ लाख ५० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।

Source: http://nagariknews.cloudaccess.net/economy/share-market/22929-2011-01-30-12-21-32.html

Keine Kommentare:

Kommentar veröffentlichen