काठमाडौं, चैत २२ (नागरिक)- राष्ट्र बैंकले चालु आर्थिक वर्षमा शोधनान्तरस्थिति ९ अर्ब रुपैयाँ बचतमा राख्ने लक्ष्य लिए पनि माघमा घाटा साढे १२ अर्ब रुपैयाँ पुगेको छ। चालु वर्षदेखि सुधारका क्रममा रहेको शोधनान्तर घाटा माघमा १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। पुसमा ४ अर्ब ४३ करोड घाटा थियो।
राष्ट्र बैंकले वित्तीय खातामा असन्तुलन देखिएका कारण घाटा अनपेक्षित रुपमा बढेको बताएको छ। यो अवधिमा व्यापार घाटामा कमी, सेवा व्यापार र ट्रान्सफर आय बढेको छ। कुल वस्तु व्यापार घाटा १.४ प्रतिशतले घटेर १ खर्ब ८० अर्ब ६८ करोड पुगेको छ। राष्ट्र बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार माघसम्म कुल निर्यात ६.६ प्रतिशतले बढेर ३७ अर्ब ९१ करोड पुगेको छ। आयात ०.१ प्रतिशतले घटेर २ खर्ब १८ अर्ब ५९ करोडमा सीमित छ।
रेमिट्यान्सको वृद्धि दरमा आएको कमीले घाटा फराकिलो भएको हुनसक्ने अनुमान राष्ट्र बैंकको छ। पुसको तुलनामा माघमा वृद्धि दर साढे ६ प्रतिशतले घटेको छ। माघसम्म कुल १ सय ३८ अर्ब ९० करोड रुपेयाँ रेमिट्यान्स भित्रिएको छ।
राष्ट्र बैंकका अनुसार, कुल वस्तु निर्यातमध्ये भारततर्फको १०.८ प्रतिशतले बढेको छ। तेस्रो मुलुकतर्फको निर्यात ०.८ प्रतिशतले घटेको छ। भारतमा धागो, जुटका सामान, जस्ता पाता, एम एस पाइप र प्लाष्टिकका सामानको निर्यात बढेको छ। तेस्रो मुलुकमा हस्तकलाका सामान, तयारी पोसाक, नेपाली कागज तथा त्यसका सामान, जडिबुटी र चाँदीका सामाग्री निर्यात भएको छ।
कुल आयात २ खर्ब १८ अर्ब ५९ करोडमा झरेको छ। माघसम्म भारततर्फको आयात २४.७ प्रतिशतले बढेको छ। तेस्रो मुलुकको आयात भने २९.६ प्रतिशतले घटेको छ। भारतबाट पेट्रोलियम पदार्थ, एमएस बिलेट, कोल्डरोल्ड सिट इन क्वाइल, रासायनिक मल, हटरोल्ड सिट इन क्वाइल र अन्य मेशिनरी सामान आयात भएको छ। तेस्रो मुलुकबाट सुन, तयारी कपडा, अन्य मेसिनरी तथा पार्ट्स, स्टिलका रड र पाता, धागो, र सुपारीको आयात भएको छ।
माघमा मुल्यवृद्धि १०.२ प्रतिशत पुगेको छ। गत वर्ष यो १०.९ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १६.६ प्रतिशतले भएको छ। गैर-खाद्य तथा सेवा समूहको मूल्य पनि ५ प्रतिशतले वढेको छ।
माघसम्म कुल विदेशी विनिमय सञ्चिति ४.१ प्रतिशतले घटेर २५७ अर्व ८१ करोडमा सीमित भएको छ। चालु वर्षको सुरुमा यो २६८ अर्व ९१ करोड रुपैयाँ थियो। माघ मसान्तसम्ममा अमेरिकी डलर सन्चिति २.० प्रतिशतले घटेर ३ अर्व ५४ करोडमा सीमित भएको छ। राष्ट्र बैंकले अहिलको सन्चितिबाट आगामी ८.४ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिन्छ
http://nagariknews.com/economy/banking-money/25078-2011-04-05-07-01-43.html
Sonntag, 10. April 2011
Abonnieren
Kommentare zum Post (Atom)

Keine Kommentare:
Kommentar veröffentlichen